खेल

आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा

काठमाडौं – इङलिस क्लब आर्सनल र स्पेनीस क्लब एथ्लेटिको मड्रिड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिहीबार राति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगको खेलमा आर्सनल रसियन क्लब सिएसकेए मस्कोसँग २–२ गोलको बराबरीमा रोकिए पनि पहिलो लेगमा पाएको ४–१ को सफलताले अन्तिम चारमा प्रवेश गरेको हो। याोसँगै आर्सनल समग्रतमा ६–३ को अग्रता बनाउदै अघिल्लो चरणमा प्रवेश गर्यो।

घरेलु मैदानमा भएको खेलमा मस्कोका लागि ३९ औं मिनेटमा फेदोर चालोभ र ५० औं मिनेटमा क्रिल नाबाकिनले गोल गरे। आर्सनलका लागि ७५ औं मिनेटमा डेनीयल वेलबेकले र इन्जुरी समयमा आरोन राम्सेले गोल फर्काउदै खेल बराबरीमा ल्याउदै हार टारेका थिए।

त्यस्तै राातिनै सम्पन्न अर्को खेलमा एथ्लेटिको मड्रिडले पोर्चुगीज क्लब स्पोर्टिङ लिस्बोनसँग १–० ले पराजित भएपनि पहिले लेगमा निकालेको २–० को जितले खेल समग्रमा २–१ ले आफ्नो पक्षमा पार्दै अन्तिम चारमा स्थान बनायो।  लिस्बोनका लागि २८ औं मिनेटमा मोन्टेरोले गेल गरेपनि त्यो जितका लागि पर्याप्त रहेन।

प्रकाशित: ३० चैत्र २०७४ ०५:३३ शुक्रबार

आर्सनल एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा