खेल

फाइनलमा आरआर र नेपाल कमर्स

काठमाडौं – आयोजक रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) र नेपाल कमर्स क्याम्पस (एनसिसी) त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार भिड्दै छन्।

आरआर कलेजको कोर्टमा बिहीबार भएको सेमिफाइनल खेलमा आयोजक आरआरले ठमेलको अमृत साइन्स क्याम्पस (अस्कल) लाई २५–२०,२५–१९,२५–१९ को सोझो सेटमा हराउँदै अन्तिम दुईमा प्रवेश गरेको थियो। बिहीबार नै भएको अर्को सेमिफाइनल खेलमा एनसिसीले सुर्खेत शिक्षा क्याम्पसलाई २५–११, २६–२४, २५–१५ को सोझो सेटमा हराउँदै आरआरसँग उपाधि भेट पक्का गरेको थियो।

यस्तै, बिहीबार नै तेस्रो स्थानका लागि भएको खेलमा अस्कल क्याम्पसले सुर्खेत शिक्षा क्याम्पसलाई २५–१८,२५–१८,२०–२५, २५–१८ को सेटमा हरायो। फाइनल खेल शुक्रबार हुनेछ।

प्रकाशित: ३० चैत्र २०७४ ०४:२५ शुक्रबार

फाइनलमा आरआर नेपाल कमर्स