खेल

मैत्रीपूर्ण फुटबल : भुटानसँग बराबरीमा रोकियो नेपाल

नेपालको अण्डर १९ महिला टोली भुटानको अण्डर १९ टोलीसँग बराबरीमा रोकिएको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको मैत्रीपूर्ण खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो ।  

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ४८औं मिनेटमा गोल गर्दै सुशीला केसीले नेपाललाई अग्रता दिलाएकी थिइन् । तर ८०औं मिनेटमा फुन्तसो छोदेनले भुटानका लागि गोल गर्दै खेल बराबरीमा ल्याइन् ।  

उमेर समूहकै गत शुक्रबार भएको अण्डर १६ को मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली भुटानी टिमसँग ५-१ को गोलमा पराजित भएको थियो । 

प्रकाशित: ७ पुस २०८१ १६:४९ आइतबार

#यू-१९ महिला मैत्रीपूर्ण फुटबल #Nepal-Bhutan