खेल

आइपीएल : मुम्बईद्वारा हैदरावादसामु १४८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४७ रनको योगफल तयार पार्यो। मुम्बईका लागि इभिन लेविसले सर्वाधिक २९ रन बनाए। १७ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। 

सूर्यकुमार यादवले ३१ बलमा २ चौका र १ छक्कासहित २८ रन जोडे। किरोन पोलार्डले २३ बलमा ३ चौका र २ छक्कासहित २८ रन बनाए। क्रुनल पाण्डेले १५, रोहित शर्माले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ हैदराबादका सन्दिप शर्मा, बिल्ली स्टेनलेक र सिद्धार्थ कोलले समान २ विकेट लिए। रसिद खान र सकिब अल हसनले १–१ विकेट लिए। 

प्रकाशित: २९ चैत्र २०७४ १६:१२ बिहीबार

आइपीएल मुम्बईद्वारा हैदरावादसामु १४८ रनको लक्ष्य प्रस्तुत