खेल

काठमाडौं डिपिएलको फाइनलमा, महेन्द्रनगर ५ विकेटले पराजित

धनगढी – काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनलमा प्रवेश गरेको छ। प्रतियोगितअन्तर्गत शनिबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौं उपाधि नजिक पुगेको हो।

अब फाइनलमा काठमाडौंको भेट टिम चौराह धनगढीसँग हुनेछ। पहिलो क्वालिफायर खेलमा काठमाडौंलाईनै पराजित गर्दै धनगढीले फाइनलमा स्थान सुरक्षित गरेको थियो।

महेन्द्रनगरले दिएको १ सय ४३ रनको लक्ष्य काठमाडौंले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। काठमाडौंको जितमा सुवोध भाटीले बिष्पोटक ब्याटिङ गर्दै सर्वाधिक ५२ रनको योगदन दिए। भाटीले १८ बलमा ४ चौंका र ५ छक्का प्रहार गरेका थिए।  त्यस्तै अमित श्रेष्ठले १९ बलमा २६, भुपेन्द्र थपाले २१ बलमा १५, पुष्प थापाा ९, ज्ञानेन्द्र मल्लले ३१ बलमा २५ तथा नरेश बुढाऐरले नटआउट ७ र सन्नी पटेलले नटआउट ५ रनको योगदन दिए।

बलिङतर्फ महेन्द्रनगरका पुनित मेहराले २ तथा भुवन कार्की, पुनित बिष्ट र रबिन क्षेत्रीले एक–एक विकेट दिए पनि टोलीको हार टार्न सकेनन्।

यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो।

१० ओभरमा महत्वपूर्ण ६ विकेट गुमएको महेन्द्रनगरका लागि आरिफ शेख र पुनित मेहराको जेडीले इनिङ उकासेका थिए। आरिफ १६.१ ओभरमा ७ औं विकेटको रुपमा व्यक्तिगत ३९ रन बनाएर आउट भए। उनले ४३ बलमा ४ चौंक र १ छक्का प्रहार गरे।

पुनित मेहराले टोलीका लगि सर्वाधिक ५८ रन बनाए। उनले ४२ बलमा ४ चौंका र ४ छक्का प्रहार गरे। त्यस्तै करण केसीले १२ बलमा २ छक्काको सहायतामा २१ रन जोडे।

महेन्द्रनगरका ५ जना ब्याट्सम्यान ० रनमै आउट भएका थिए। पुनित बिष्टले ७ रन जोडे। काठमाडौंका सन्नीले ६ तथा सुवोध भटी र पुष्प थापाले एक–एक विकेट लिएका थिए।

सन्नीले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर १० रन दिँदै एक्लै ६ विकेट हात पारे। सन्नीले डिपिएलको एउटै इनिङमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान राखेका छन्।

प्रकाशित: २९ चैत्र २०७४ १०:०५ बिहीबार

काठमाडौं डिपिएलको फाइनलमा महेन्द्रनगर विकेटले पराजित