खेल

सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज भएनः ज्ञानेन्द्र मल्ल

कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज नभएकाले प्लेअफमा पुग्ने विश्वास टोलीमा रहेको बताएका छन्।

सुदूरपश्चिमको जित १२.२ ओभरभित्र रोकेपछि कर्णालीका प्रशिक्षक मल्लले न्युन लक्ष्य भएपनि पिच सहज नभएकाले रोक्नसक्छौं भन्ने लागेको बताएका हुन्। तर पनि उत्कृष्ट क्रिकेट खेल्नुपर्छ भन्ने माइन्ड सेट गरेर खेलेको उनको भनाइ छ। उनले पावर प्लेमा राम्रो बलिङ गरेपछि जितको सम्भावना पनि बढे पनि सफल नभएको बताए। १४० रनको लक्ष्य बनाउन सकेको भए पहिलो क्वालिफायरमा पुग्ने सम्भावा पनि रहेको उनको भनाइ छ।

तर विकेट सहज नभएकाले सफल नभएको उनले बताए। देव खनालले स्पिनरसँग राम्रो खेल्नसक्ने भनेर उनलाई चौथो नम्बरमा ब्याटिङ गर्न पठाएको प्रशिक्षक मल्ल बताउँछन्। बलरले राम्रो गर्दा यहाँसम्म आइपुगे पनि अब ब्याटरबाट धेरै आशा गरेको उनले उल्लेख गरेका छन्।  

प्रकाशित: १ पुस २०८१ १५:२४ सोमबार

#Gyhandra Malla #Karnali Yaks