काठमाडौं – नेपाल कमर्स क्याम्पस(एनिससी), अमृत साइन्स क्याम्पस (अस्कल) र सुर्खेत शिक्षा क्याम्पस त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को कोर्टमा बुधबार भएका क्वाटरफाइनलमा एनसिसीले जनमैत्री कलेजलाई २५–१७,२५–११, २५–८ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। त्यस्तै, अर्को क्वार्टरफाइनलमा अस्कलले जया मल्टिपल कलेजलाई २५–२३, २५–२२, २२–२५ २५–१३ को सेटमा हराउँदा सुर्खेत शिक्षा क्याम्पसले पब्लिक युथ क्याम्पसलाई २५–१४,२५–१२, २५–२२ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनायो।
प्रतियोगितामा बिहीबार आयोजक रत्नराज्यलक्ष्मी कलेज र सानोठिमी कलेजबीचको विजेताले अस्कलसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ।
शुक्रबारसम्म चल्ने प्रतियोगिता नकाउटका आधारमा सञ्चालन गरिएको छ। प्रतियोगितामा २२ क्याम्पसले सहभागिता जनाएका छन्।
प्रकाशित: २९ चैत्र २०७४ ०५:१३ बिहीबार