विराटनगरले किङ्ग्सले काठमाडौँ गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ।
जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबारको पहिलो खेलमा काठमाडौँले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएको थियो। विराटनगर १९.५ ओभरमा अलआउट हुँदै ११७ रन मात्रै बनाउन सक्यो।
काठमाडौँले आज विराटनगरलाई ठूलो रन रेटमा जितेको खण्डमा मात्रै काठमाडौँ प्लेअफमा पुग्नेछ। विराटनगर भने प्लेअफ चरणबाट बाहिरिसकेको छ।
प्रकाशित: ३० मंसिर २०८१ १०:५८ आइतबार