खेल

अन्तिम बलसम्म संघर्ष गरेकाले जित सम्भव भयो: गुल्सन झा

कर्णाली याक्सका क्रिकेटर गुल्सन झाले ट्वान्टी–२० मा नतिजा के हुन्छ भन्ने आँकलन गर्न नसकिने नभएकाले अन्तिम बलसम्म आफ्नो टोलीले संघर्ष गरेको बताए।

त्यसैले पनि लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलसम्म एकअर्कालाई प्रोत्साहित गर्दै जित निकाल्न सक्छौं भन्ने विश्वास रहेको बताए। टी ट्वान्टी खेल जहिल्यै पनि प्रतिस्पर्धात्मक हुने कहिले कहीँ  मात्र एकपक्षीय खेल हुने भएकाले पनि आफ्ना सहकर्मीले मेहनत गरेको बताए। उनले स्पिनरलाई मात्र मद्दत मिल्ने पिच भएकाले पनि आफूले बलिङ नगरेको उल्लेख गरे। शुरुका खेलमा हार व्यहोरे पनि टोलीले सधै उच्च आत्मबलका साथ खेलेको गुल्सनको भनाइ छ।

प्रशिक्षक ज्ञानेन्द्र मल्ल र सोमपालले खेलमा हार भएपनि खेलाडीलाई सम्हादा जित सम्भव भएको उनी बताउँछन्। उनले ब्याटिङ गर्न कसैका लागि पनि सहज नभएको उल्लेख गरे। गुल्सनले आफ्नो उत्कृष्ट प्रदर्शनको पर्खाइ रहेको पनि बताएका छन्। शिखर धवनले ब्याटिङमा सुस्त शुरुवात भएपनि धैर्यतापूर्वक खेल्नुपर्ने सुझाव दिएको गुल्सनको भनाइ छ। धवनले आफ्नो खेल करियरको सुरुआती क्षणका बारे पनि आफूहरूलाई बताएको गुल्सनले उल्लेख गरेका छन्।  

प्रकाशित: २८ मंसिर २०८१ १७:५२ शुक्रबार

#Gulsan Jha