खेल

एनपीएल : काठमाडौंले दियो लुम्बिनीलाई १०४ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्ससामु १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०३ रनमा अलआउट भयो । 

काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । ७ जना ब्याटर दोहोरो अंकको स्को रन गर्दै पवेलियन फर्केको काठमाडौंको इनिङ्समा डान डोउथ्वेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफन इस्किन्जाईले १३ रन बनाए ।  

लुम्बिनीका लागि साद बीन जफरले ३, अभिशेष गौतम र रेमन सिमोन्ड्सले समान २ तथा सूर्य तामाङ र विवेक यादवले समान एक विकेट लिए ।  

लगातार चार खेल हारेपछि पाँचौ खेलमा जित निकालेको लुम्बिनीको २ अंक छ भने काठमाडौं ३ खेलमा एकमा विजयी भएको छ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न दुवैलाई यो खेल जित्नै पर्ने दबाब छ ।  

प्रकाशित: २६ मंसिर २०८१ १४:२९ बुधबार

#Kathmandu Gurkhas #NPL #Lumbini Lions