पोखरा एभेन्जर्सविरुद्ध तीन विकेट लिएका जनकपुर बोल्ट्सको स्पिनर ललित राजवंशीले टिमले दिएको भूमिका र आवश्यकताअनुरूप बलिङ गरिरहेका बताएका छन्।
जितपछि उनले प्रतिद्वन्द्वीअनुरूप मानसिक रूपमा नै तयारी भएर बलिङ गर्ने गरेको र यसलाई आफूलाई मद्दत पनि मिलेको बताए। आफ्नो टोलीको राम्रो नतिजा आउँदा खुसी रहेको र आफ्नो प्रदर्शनमा पनि निरन्तरता दिने उनको विश्वास छ। टोलीमा एक आपसमा प्रोत्साहन गरिरहँदा खेल्न सहज पनि भएको उनी बताउँछन्। विदेशी खेलाडीले पनि एक अर्कालाई साथ दिइरहेको उनले उल्लेख गरे।
ललितले कहिले कहीँ सोचेअनुरूप नतिजा नआउने र त्यसैले पनि आज कप्तान अनिल साहका लागि सहज नभएको बताए।
प्रकाशित: २० मंसिर २०८१ १७:५४ बिहीबार