नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो तेस्रो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ् गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले फिल्डिङ रोजेको हो।
जनकपुरका कप्तान अनिल साहले फिल्डिङको निर्णय लिँदै पोखरालाई ब्याटिङको निम्तो दिएका छन्।
एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघि जनकपुरले दुवै खेल जितेको छ। पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सलाई जनकपुरले पराजित गरेको थियो।
पोखराको भने यो दोस्रो खेल हो। पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको पोखरा आज जितको खोजीमा छ।
प्रकाशित: २० मंसिर २०८१ ०९:०७ बिहीबार