खेल

एनपीएल : कर्णालीमाथि काठमाडौंको जित

काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित दर्ता गराएको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको हो। 

कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाडौंले १९ दशमलव ३ ओभरमा सात विकेट खर्चिँदै पूरा गर्यो। उसको जितमा सुमित महर्जनले नटआउट ४०, गेरार्ड रास्मसले ३८ र क्याप्टेन करण केसीले १० बलमा २८ रनको योगदान गरे । 

सोमपाल कामी, नन्दन यादव, गुल्शन झा, जिशन मक्सुद र विपिन शर्माले एक-एक विकेट लिए । 

यसअघि शिखर धवनको अर्धशतकसँगै कर्णालीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो।  धवनले ५१ बलमा नटआउट ७२ रन बनाए ।   

यो कर्णालीको लगातार दोस्रो हार हो । पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । काठमाडौं भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग हारेको थियो। 

प्रकाशित: १९ मंसिर २०८१ १२:४१ बुधबार

#Kathmandu Gurkhas #NPL #Karnali Yaks