नेपाल प्रिमियर लिग एनपीएलको जारी खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १ सय ५० रनको लक्ष्य पेश गरेको छ। ओपनर शिखर धवनको अर्धशतकसँगै कर्णालीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीका शिखर धवनले ५१ बलमा अविजित ७२ रन बनाएका थिए।
प्रकाशित: १९ मंसिर २०८१ १०:५७ बुधबार