खेल

लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

इङल्याण्ड – इङलिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा अर्को प्रिमियर लिग टोली म्यानचेष्टर सिटीलाई २–१ ले हराउँदै लिभरपुल अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो।

पहिलो लेगमा लिभरपुलले खेल ३–० ले जितेको थियो। योसँगै लिभरपुलले खेल समग्रमा ५–१ ले आफ्नो पक्षमा पार्दैसेमिफाइनलमा स्थान बनायो।

घरेलु मैदानमा गाब्रियल जिससको गोल बाट दोस्रो मिनेटमै सिटीले अग्रता लिएपनि लिभरपुलका लागि दोस्रो हाफको ५६ औं मिनेटमा मोहम्मद सलाह र ७७ औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गरे।

त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र लिभरपुल अघिल्लो चरणमा प्रवेश गर्यो। लिभरपुल १० वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रकाशित: २८ चैत्र २०७४ ०४:४४ बुधबार

लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा