एनपीएलमा चितवन राइनोजले जितका लागि १ सय १२ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो खेलमा काठमाडौं गुर्खाजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रनको योगफल तयार पारेसँगै चितवनले सामान्य लक्ष पाएको हो।
पाकिस्तानका पूर्वबलर सोहेल तान्विरले घातक बलिङ गरेपछि चितवन राइनोजविरुद्ध काठमाडौं गुर्खाज १११ रनमै रोकिन बाध्य भयो।
काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। ओपनर माइकल लेभिटले २५ रन बनाउँदा डान डाउथवेटले अविजित १९ रन जोडे । शंकर रानाले १६ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
प्रकाशित: १७ मंसिर २०८१ ११:०५ सोमबार