खेल

एसीसी पुरुष अन्डर-१९ एसिया कप: नेपालविरुद्ध श्रीलंकाले २३३ रन बनायो

एसीसी पुरुष अन्डर-१९ एसिया कपमा नेपालविरुद्ध श्रीलंकाले २३३रन बनाएको छ।

युएईको शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले टस जितेर श्रीलंकालाई पहिलो ब्याटिङ को निम्तो दिएपछि श्रीलंकाले निर्धारीत ५० ओभरमा सबै  विकेट गुमाएर  २३३ रन बनाएको हो।

श्रीलंकाको लागि सबै भन्दा वढि शरुजन षणमुगनाथनले  ६२ तथा लकविन अबेसिङ्घेले ५० रन बनाए।

नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए। त्यसै गरी  युवराज खत्रीले २ तथा  हेमन्त धामी र नरेन साउदले समान एक विकेट लिए। 

नेपालले आफ्नो दोस्रो खेल पर्सी आइतबार बंगलादेश र तेस्रो खेल मंगलबार अफगानिस्तानसँग खेल्ने तालिका छ।

प्रतियोगितामा एसियाका आठ देश सहभागी छन्। नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन्।  

प्रकाशित: १४ मंसिर २०८१ १४:२४ शुक्रबार

ACC Men's Under-19 Asia Cup