खेल

डिपिएलः महेन्द्रनगरद्वारा अत्तरियासामु १३१ रनको लक्ष्य प्रस्तुत

कैलाली – धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई जितका लागि १ सय ३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन बनायो। महेन्द्रनगरका लागि आरिफ शेखले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा ५ चौंका छक्का प्रहार गरे।

त्यस्तै पुनित मेहराले २९ बलमा २ चौंका र १ छक्काको मद्दतमा २६, करण केसीले नटआउट २४ तथा आसिफ शेख र रोहित कुमार पौडेलले समान एघार–एघार रन बनाए।

बलिङतर्फ अत्तरियाका कमलसिंह ऐरीले २ तथा कृष्ण कार्की, सुभाङ्कर उराउ, बिनोद लामा दिपेन्द्रसिंह ऐरी, बिपिन चन्द्राले समान एक–एक विकेट हात पारे।

१ सय ३१ रनको विजयी लक्ष्यसहित अबको केही छिनमा अत्तरिया ब्याटिङमा उत्रदैछ।

यो खेलमा पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ भने विजेता टोलीले फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्र्ससँग खेल्नेछ।

काठमाडौं आज भएको पहिलो खेलमा टिम चौराह धनगढीसँग पराजित भएपनि फाइनल प्रवेशका लागि अर्को खेल खेल्ने मौका पाएको छ।

प्रकाशित: २७ चैत्र २०७४ ०९:१२ मंगलबार

डिपिएलः महेन्द्रनगरद्वारा अत्तरियासामु १३१ रनको लक्ष्य प्रस्तुत