खेल

स्वर्णिम र आयोजक रेडियन्ट सेमिफाइनलमा

स्वर्णिम र आयोजक रेडियन्ट पब्लिकले दशौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सेमिफाइनलमा स्थान बनाएका छन्।

स्युचाटारस्थित घरेलु कोर्टमा आइतबार दिव्यान्शा कार्कीले १६ अंक प्रेरणामा रेडियन्टले ज्ञानोदय बालवाटिकामाथि २१–८ को जित निकाल्यो। स्वर्णिमले एलआरआईलाई १६–४ ले हरायो। स्वर्णिमका लागि नीतीशा महर्जनले सात स्कोर गरिन्। जेसिस र केभिसीले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

सिनियर ब्वाइजमा रेडियन्टले संस्कृतिलाई ४४–३५, पुष्पसदनले स्वस्तिश्री गुरुकुललाई ३८–२७, ज्ञानोदय बालवाटिकाले मेगसलाई ५३–२७ र एलआरआईले क्षेत्रज्ञलाई ४८–४१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए।

रेडियन्टका सुसनराज न्यौपानेले १६, पुष्पसदनका उमंग अमात्यले १२, ज्ञानोदयका दीपेश शाहीले १२ र एलआरआईका रुइची श्रेष्ठले ३० अंक बटुले। जुनियर ब्वाइजमा सेबले रेडियन्ट पब्लिकलाई ३०–१३, कश्यपले पिपुल्स एकेडेमीलाई २३–१९, ब्राइट होराइजनले नवीन ज्योतिलाई १५–८ र ग्रिनफिल्डले पुष्पसदनलाई १८–१० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन्। सेबका सुजन घलेले ११, कश्यपका एलेन लामाले ११, ब्राइट होराइजनका उज्ज्वल तामाङले ६ र ग्रिनफिल्डका मनोज तामाङले ६ स्कोर गरे।

प्रकाशित: १० मंसिर २०८१ ०८:२८ सोमबार

# Gold and host Radiant Public # 10th Radiant Cup Interscholastic Basketball Tournament