खेल

एनपिएलको तरङ्ग: भव्य बन्दै त्रिवि मैदान

तस्बिर: नान

नेपाल प्रिमियर लिग (एनपीएल) अहिले चर्चाको केन्द्रमा छ। नेपाली क्रिकेट संघ (क्यान) ले देशको आर्थिक परिस्थितिलाई चुनौती दिँदै खेलकुद क्षेत्रमा नयाँ आयाम थप्दैछ। प्रमुख प्रायोजन सम्झौता, विश्वस्तरीय खेलाडीहरूको सहभागिता, र स्टार स्पोर्ट्ससँगको सहकार्यले नेपाली खेलकुदको चर्चा उचाइमा पुर्‍याएको छ।

टियु मैदानको बद्लिदो स्वरूप

यो पटक एनपीएलको अर्को मुख्य आकर्षण त्रिभुवन विश्वविद्यालय (टियु) खेल मैदानमा गरिएको सुधार हो। क्यानका अनुसार दर्शकहरूको सुरक्षालाई ध्यानमा राख्दै नयाँ व्यवस्थाहरू लागू गरिएका छन्।

  • जोन प्रणाली: साधारण प्याराफिटतर्फ जोन छुट्टाइएको छ। टिकट खरिद गर्दा दर्शकले जोनअनुसार स्थान रोज्न पाउनेछन्। चारवटा जोनका लागि छुट्टाछुट्टै प्रवेशद्वार निर्माण गरिएको छ।
  • भीआईपी व्यवस्था: टियु मैदानमा पहिलो पटक भीआईपी टिकट उपलब्ध गराइनेछ। दुई हजार दर्शक क्षमताको यो क्षेत्रका लागि मेच राखिएको छ। जसमा १,२०० टिकट मात्रै बिक्री गरिने योजना छ।
  • साधारण टिकट: साधारणतर्फ १०,००० टिकट उपलब्ध गराइनेछ।

प्राविधिक र भौतिक सुधार

  • डिजिटल स्कोरबोर्ड: टियु मैदानमा पहिलो पटक डिजिटल स्कोरबोर्ड जडान गरिएको छ।
  • स्तरीय पिच: बङ्गलादेशका क्युरेटरको नेतृत्वमा पिचलाई स्तरीय बनाइएको छ।
  • आउटफिल्ड सुधार: मैदान र दर्शकबीचको बारलाई सारेर बाउन्ड्री बढाइएको छ।
  • सुरक्षा र सुविधा: नेपाल प्रहरीसँग सहकार्य गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
  • भीआईपी र फ्रेन्चाइज लाउन्ज: मैदानमा भीआईपी र फ्रेन्चाइज लाउन्ज निर्माण गरिएको छ।
  • प्र्याक्टिस ट्रफ: खेलाडीहरूका लागि पाँचवटा नयाँ प्र्याक्टिस ट्रफ बनाइएका छन्।
  • साइड स्क्रिन: साइड स्क्रिन पनि प्रतिस्थापन गरिएको छ।

सरकारले १०० दिनभित्र फ्लड लाइट जडान गर्ने प्रतिबद्धता जनाए पनि यो योजना भाषणमै सीमित भएको क्यानले जनाएको छ।

एनपीएल मंसिर १५ गतेदेखि सुरु हुँदैछ। यसपटक आठ टिमबीच हुने प्रतियोगितालाई विशेष बनाउन क्यानले खेलेको भूमिकाले फ्रेन्चाइज क्रिकेटलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ। यो क्यानको नेतृत्वमा पहिलो पटक आयोजना हुने फ्रेन्चाइज क्रिकेट हो।

यसपटकको एनपीएलले नेपाली क्रिकेटमा ऐतिहासिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। मैदानको बद्लिदो स्वरूप र प्रतियोगिताको बढ्दो रौनकले क्रिकेटप्रेमीहरूको उत्साह थप बढाएको छ।

तस्बिरहरु: नान

प्रकाशित: ८ मंसिर २०८१ १५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App