भारत र अस्ट्रेलियाबीचको बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्ट शुक्रबार अस्ट्रेलियास्थित पर्थको ओप्टस रंगशालामा सुरु भएको छ। भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
यस खेलमा भारतीय टिमको कप्तानी जसप्रित बुमराहले गरिरहेका छन्। भारतका नितिश कुमार रेड्डी र हर्षित रानाले टेस्ट डेब्यु गरेका छन्। आज बिहान विराट कोहलीले नितिश कुमार रेड्डीलाई टेस्ट क्याप दिएका थिए, जबकि हर्षितलाई आर अश्विनले क्याप दिएका छन्।
यो खेल पाँच टेस्ट म्याचको सिरिजको पहिलो खेल हो। समाचार तयार गर्दा भारतले तीन विकेट गुमाएर ३२ रन बनाएको छ। यशस्वी जैसवाल र केएल राहुल ओपनरको रूपमा मैदानमा उत्रे, तर जैसवाल कुनै रन बनाउन नसकेर आउट भए। उनको स्थानमा आएका देवदत्त पडिक्कल पनि बिना रन आउट भए। १२ बलमा पाँच रन बनाएर कोहली पनि आउट भएका छन्।
हाल ऋषभ पन्त र केएल राहुल अस्ट्रेलियाका बलरहरूको सामना गर्दै मैदानमा छन्।
प्रकाशित: ७ मंसिर २०८१ ०९:२४ शुक्रबार