खेल

आईपीएल : राजस्थानद्वारा हैदराबादसामु १२६ रनको लक्ष्य प्रस्तुत

नयाँ दिल्ली– इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को चौथो खेलमा राजसंस्था रोयल्सले सनराइजर्स हैदराबादसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पार्यो। राजस्थानका लागि सञ्जु सामसोनले सर्वाधिक ४९ रन बनाए। ४२ बल खेलेका उनले ५ चौका प्रहार गरे।

श्रीयेश गोपालले १८, राहुल त्रिपाठी १७, कप्तान अजिक्य रहाणेले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ शकिब हल हसन र सिद्धार्थ कौलले २–२ विकेट लिए। रसिद खान, भुवनेश्वर कुमार र विल्ली स्टनलेकले समान १ विकेट लिए।

प्रकाशित: २६ चैत्र २०७४ १६:२५ सोमबार

आईपीएल राजस्थानद्वारा हैदराबादसामु १२६ रनको लक्ष्य प्रस्तुत