मंसिर १५ गतेदेखि हुने नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
एनपीएलले सोमबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यो तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार उद्घाटन खेल मंसिर १५ गते विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ।
मंसिर १६ गते उपनिर्वाचनको कारण खेल तालिका राखिएको छैन। मंसिर १७ गतेदेखि प्रतियोगिता दैनिक दुई खेलका रूपमा अघि बढ्नेछ। प्लेअफ खेलहरू पुस ३ गतेदेखि सुरू हुनेछन् भने फाइनल खेल पुस ६ गते हुनेछ।
एनपीएलमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका सबै खेलहरू दर्शकले स्टार स्पोर्ट्समा प्रत्यक्ष हेर्न सक्नेछन्।
टोलीहरू: विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुरखाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, र सुदूरपश्चिम रोयल्स।
तालिका अनुसार पहिलो खेल बिहान १२:१५ बजे हुनेछ भने अन्य दिनहरूमा खेलहरू बिहान ९:१५ र दिउँसो १:१५ बजे हुनेछन्।
प्रकाशित: ३ मंसिर २०८१ १९:१८ सोमबार