खेल

क्षितिज र केशव फाइनलमा

काठमाडौं – साकोसका क्षितिज भण्डारी र गोल्डेनगेट कलेजका केशव श्रेष्ठ गणेशमान सिंह स्मृति सहकारी कप बुद्धिचाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

६१आैं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिताको फाइनल प्रवेश गर्ने क्रममा क्षितिजले सुमित पन्तलाई २–० तथा केशवले रूपेस जयसवाललाई १.५–०.५ ले हराए।

त्यस्तै, प्रतियोगिताको  लिगतर्फ शीर्ष वरीयताका खेलाडी ललितपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका विवेक थिङ ६.५ अंकसहित अग्रस्थानमा रहे । राष्ट्रिय च्याम्पियन गोल्डेनगेटका मदनकृष्ण कायस्थ र करुणामय साकोसका विजय मगर दोस्रो स्थानमा छन्।

आइतबार आठाै चरणमा विवेकले साकोसका शूरवीर लामा तथा मदनले शुभलाभ बहुउद्देश्यीय सहकारीका नवीन तण्डुकारलाई पराजित गरे।

प्रकाशित: २६ चैत्र २०७४ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App