खेल

शून्य रनमा आउट भएर पनि सञ्जुले बनाए विश्व रेकर्ड!

भारतका विकेट किपर ब्याट्सम्यान सञ्जु सैमसनले विश्व रेकर्ड बनाएका छन्। आइतबार भारत र साउथ अफ्रिकाबीच भएको दोस्रो टी–२० म्याचमा शून्य रनमा आउट भएर उनले विश्व रेकर्ड कायम गरेका हुन्।

अहिले भारत र साउथ अफ्रिकाबीच ४ खेलको टी–२० सिरिज भइरहेको छ। जहाँ पहिलो खेल भारतले जित्दा दोस्रो खेल साउथ अफ्रिकाले जितेको छ। आइतबार भएको दोस्रो खेलमा सञ्जुले भारतका लागि ओपनिङ्ग गर्दै मात्र ३ बल खेलेर शून्य रनमा आउट भए।

यसअघिका पहिला दुई टी–२० म्याचमा भने सञ्जुले लगातार दुई शतकीय पारी खेलेका थिए। जसमा एक शतकीय पारी साउथ अफ्रिकाविरुद्धको पहिलो म्याचमा खेलेका थिए। योसँगै सञ्जुले विश्व रेकर्ड बनाएका छन्। जुन हालसम्म क्रिकेटमा कुनैपनि खेलाडीले गर्न सकेका थिएनन्।

सञ्जु एक वर्षमा ४ पटक शून्य रनमा आउट हुने पहिलो भारतीय खेलाडी पनि बनेका छन्। यसअघि विराट कोहली, युसुफ पठान र रोहित शर्मा एक वर्षमा ३÷३ पटक शून्य रनमा आउट भइसकेका छन्। अब यो रेकर्ड सञ्जुले आफ्नो नाम गरेका हुन्।

त्यसबाहेक साउथ अफ्रिकाविरुद्ध एक टी–२० सिरिजमा शतक र फेरि शून्य रनमा आउट हुने दोस्रो खेलाडी पनि सञ्जु बनेका छन्। साथै विकेट किपर ब्याट्सम्यान सञ्जु एक क्यालेन्डर इयरमा टी–२० इन्टरनेशनलमा २ पटक सय रन बनाउने र ४ पटक शून्य रनमा आउट हुने विश्वको पहिलो क्रिकेटर पनि बनेका छन्। सञ्जु अघि वेस्ट इन्डिजका जनसन चाल्र्सको पनि यस्तै हालत बनेको थियो।

सञ्जुले यस वर्षको क्यालेन्डर इयरमा १० नोभेम्बरसम्म ११ टी–२० इन्टरनेशनल म्याच खेलेका छन्। जसमा ३२७ रन बनाएका छन्। जसमा २ शतक र एउटा अर्धशतक पनि रहेको छ।

प्रकाशित: २६ कार्तिक २०८१ १३:४५ सोमबार

#sanju samson #india