खेल

ब्याटिङमा चलेन नेपाल

कप्तान पूजा महतोबाहेक ब्याटर चल्न नसकेपछि नेपालले आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा शनिबार युनाइटेड अरब इमिरेट्स  (युएई) सँग हार बेहोरेको छ।

लगातार दुई खेलमा जित निकालेको नेपालमाथि घरेलु टोली युएईले १३ रनको सफलता प्राप्त गरेको हो। छनोटको कमजोर टोली कुवेतविरुद्ध नेपालले पहिलो खेलमा १३०रन बनाएको थियो। दुई वर्षअघि मलेसियाको क्वालालम्पुरमा ४०रनमै समेटिएको थाइल्यान्डसँग पनि नेपालले यसपल्ट १०२रन बनायो। तर, युएईसँग भने पूजाबाहेक अन्य ब्याटर निरीह देखिएर प्रतियोगिताकै पहिलो हार बेहोर्न बाध्य भयो। यो हारसँगै डबल राउन्ड रोबिनमा भइरहेको छनोटमा नेपालले शीर्ष स्थानमा उक्लिन अवसर गुमाएको छ। अर्को राउन्ड सुरु हुनुभन्दा अगाडि नेपाल तीन खेलबाट चार अंक जोड्दै दोस्रो स्थानमा यथावत् छ।  

नेपालले थाइल्यान्डलाई ६७र कुवेतलाई १०८रनले हराएको थियो। शीर्ष स्थानको युएईको समान खेलबाट शतप्रतिशत जितसहित ६ अंक छ। नेपालले अब आइतबार थाइल्यान्डसँग खेल्दै अर्कोराउन्ड सुरु गर्नेछ। त्यसपछि मंगलबार कुवेतर बुधबार युएईसँग खेल्नेछ। शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्ने तय छ। विजेताले अर्को वर्ष मलेसियामा हुने यु–१९ विश्वकपमा स्थान पक्का गर्नेछ। तुलनात्मक रूपमा युएई बलियो मानिएको कारण शनिबारको खेललाई महत्वपूर्ण रूपमा हेरिएको थियो। तर, बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपाल खुलेर खेल्न सकेन।

द सेभेन स्टेडियममा युएईकी कप्तान समाइरा धरनिधर्कले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी थिइन्। तर, पहिलो ‘पावर प्ले’ मा नै कप्तान पूजार करिष्मा गुरुङले इमिली थोमसर समाइराको विकेट लिँदै उक्त निर्णय सही नभएको साबित गरेका थिए। नेपालको त्यो खुसी अन्तिम ओभरसम्म कायमरहन सकेन। ओपनर लावण्या केनीर मध्य क्रमकी रनिथारजिथको ६६रनको साझेदारी तोड्न नसक्दा नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो। १२औं ओभरको पहिलो बलमा लावण्या २०रनमा रिया शर्माबाट कट एन्ड बोल्ड हुँदा रनिथा ४८रनमा आउट भइन्। उनको इनिङमा पाँच चौका र दुई छक्का थियो।

इन्धुजा नन्दाकुमारले १२रन जोड्दा युएईका अन्य ब्याटर चल्न सकेनन्। नेपालको बलिङमा रियाले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १५रन खर्चिइन्। कप्तान पूजा र करिष्मासँगै सीमा केसीले एक विकेट लिए। १२३ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङमा चल्न सकेनर निर्धारित  २० ओभरमा पाँच विकेट गुमाउँदै १०९रन मात्रै बनाउन सक्यो। नेपालको इनिङ सुरुआतदेखि नै धरमरायो। चौथो ओभरको पहिलो बलमै ओपनर सावित्री धामी ६रनमा पेभिलियन फर्किइन्। यसअघि दुई खेलमा पनि उनी क्रिजमा जम्न सकेकी थिइनन्।  उनी थाइल्यान्डसँग ७रन र कुवेतसँग  ६रनमा आउट भएकी थिइन्। 

पावर प्लेमा नेपाललेराम्रो ब्याटिङ गर्न नसक्दा युएई हाबी हुने संकेत देखिएको थियो। नेपालकी अर्की ओपनर साना प्रभिन १९रनमा बोल्ड भइन्। तर, कप्तान पूजाले इनिङ अगाडि बढाइन्। उनले सानासँग ३१ र उपकप्तान सोनी पाख्रिनसँग ४१ रनको साझेदारी गरिन्। सोनी १९रनमा रनआउट भइन्। त्यसपछि जोत्स्निका मरासिनीले पूजालाई साथ दिइन्। तर, १८.४ ओभरमा इन्धुजाले पूजालाई ४८रनमा आउट गरेपछि नेपाल फेरि संकटमा पर्‍यो। यस क्रममा पूजा र जोत्स्निकाबीच २३रनको साझेदारी भएको थियो।

पूजाले थाइल्यान्डविरुद्ध ३५र कुवेतविरुद्ध ३४ रन बनाएकी थिइन्। तर, त्यसपछि जोत्स्निका र अलिशाकुमारी यादवले नेपाललाई जित दिलाउन सकेनन्। अलिशा ३रनमा आउट हुँदा जोत्स्निका ११ रनमा अविजित रहिन्। युएईको बलिङमा इन्धुजा, लावण्यासँगै मेहक ठाकुरले एक विकेट लिए।

प्रकाशित: २५ कार्तिक २०८१ ०७:३२ आइतबार

#cricket