खेल

पहिलो खेलमा अटाएनन् सन्दिप

काठमाडौ‌ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा डिल्ली डेयर डेभिल्स र किंग्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ।

किंग्स इलेवन पंजाबका  कप्तान रविचंद्रन अश्विनले टस जितेर बलिङ्ग रोजेको छन।

अश्विनले आजको खेलमा क्रिस गेललाइ समावेश गरेका छैनन, ४ विदेशी खेलाडी राख्न पाउने प्रावधानमा उनले मार्कस स्टोइनिस, मुजीब जदरान, डेविड मिलर र एंड्रू टाई लाइ टिममा अटाएका छन्।

त्यस्तै दिल्ली डेयरडेविल्सले  विदेशी खेलाडीहरूमा  कॉलिन मुनरो, डेनियल क्रिस्चियन, ट्रेंट बोल्ट र  क्रिस मॉरिस गरेको छ।
नेपालका सन्दिप लामिछाने दिल्ली डेयरडेविल्समा भएता पनि आजको खेलमा भने अटाएनन।

गौताम  गम्भीरले यस अघि नेतृत्व गरेको कलकत्तालार्इ दुइ पटक  विजयी बनाएपनि देल्लिले आइपीएल को कुनै पनि संस्करण जितेको छैन।

त्यस्तै रविचन्द्र आश्विनले नेतृत्व गरेको पन्जाबले पनि अहिलेसम्म उपाधि चुमेको छैन।

आजको खेलमा किंग्स इलेवन पंजाबबाट मयंक अगरवाल, करुण नायर, युवराज सिंह, डेविड मिलर, मार्कस स्टोइनिस, अक्षर पटेल, रविचंद्रन अश्विन (कप्तान), एंड्रू टाई, मोहित शर्मा, मुजीब उर रहमानले खेल्नेछन् भने दिल्ली डेयरडेविल्सबाट गौतम गंभीर (कप्तान), कॉलिन मुनरो, ऋषभ पंत, श्रेयस अय्यर, क्रिस मॉरिस, विजय शंकर, डेनियल क्रिस्चियन, अमित मिश्रा, राहुल तेवटिया, ट्रेंट बोल्ट और मोहम्मद शमीले खेल्नेछन् । 

प्रकाशित: २५ चैत्र २०७४ १०:४५ आइतबार

पहिलो खेलमा अटाएनन् सन्दिप