खेल

करण र भीमको स्थानमा देव र सागरलाई मौका

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिका भ्रमणको आफ्नो अन्तिम खेलमा नेपालले करण केसी र भीम सार्कीलाई आराम दिने भएको छ। नेपालले सोमबार राति लिग २ अन्तर्गत तेस्रो शृंखलाको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, चोटग्रस्त करण र भीमलाई आराम दिइएको हो। उनीहरुको स्थानमा देव खनाल र सागर ढकालले मौका पाएका छन्।

अन्तिम खेलमा जित निकाल्दै नेपाल अमेरिका भ्रमणको सुखद् अन्त्य गर्ने योजनामा रहेको छ । शृंखलाअन्तर्गतका बाँकी तीन खेलमा नेपालले एकमा जित र दुईमा हार बेहोरेको छ।अमेरिकासँगको दुवै खेल हारेको नेपालले स्कटल्यान्डलाई भने हराएको थियो।

११ खेलको समाप्तिमा नेपाल ५ अंकमा सातौं स्थानमा छ। नेपालभन्दा तल पुछारमा ४ अंकमा यूएई छ। समान १६ अंक भएको अमेरिका शीर्ष र रनरेटका आधारका क्यानाडा दोस्रो स्थानमा छन् । उनीहरुले समान १२ खेल खेलेका छन्। स्कटल्यान्ड १३ अंकमा तेस्रो स्थानमा छ।

प्रकाशित: १९ कार्तिक २०८१ १७:१२ सोमबार

#karan KC #ICC Cricket World Cup League 2 #Bhim Sarki