खेल

३२ खेलपछि म्यानचेष्टर सिटीको पहिलो हार

इङ्लिस प्रिमियर लिगमा ३२ खेलपछि म्यानचेष्टर सिटीले पहिलो हार व्यहोरेको छ।

शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटी बर्नामाउथसँग २–१ ले पराजित भएको हो।

यसअघि सिटी डिसेम्बर ६ मा एस्टन भिल्लासँग १–० ले पराजित भएको थियो। त्यसयता ३२ खेलमा सिटी अपराजित थियो।

यो हारपछि सिटी तालिकाको दोस्रो स्थानमा झरेको छ। १० खेलबाट टोलीको २३ अंक छ। शीर्ष स्थानमा उक्लिएको लिभरपुलको २५ अक छ।

शनिबार राती  नै भएको खेलमा लिभरपुलले ब्राइटनविरुद्ध रोमाञ्चक २–१ को जित निकालेर तालिकाको शिर्ष स्थानमा उक्लीएको हो।

प्रकाशित: १८ कार्तिक २०८१ ०९:१६ आइतबार

#English Premier League #Manchester City #Liverpool