खेल

उपविजेता खेलाडीलाई जनही ३ लाख पुरस्कार-सदस्य सचिव घिसिङ

काठमाडाैंमा सम्पन्न साफ महिला च्यापियनशिपमा उपविजेता नेपाली खेलाडीहरूलाई सरकारको तर्फबाट जनही तीन लाख रुपयाँ पुरस्कार दिइने भएको छ। च्यापियनशिपमा उपविजेता नेपाली खेलाडीहरूलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन्।

यस्तै मुख्य प्रशिक्षकले दुई लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने घिसिङले बताए।

साफ महिला च्याम्पियनशिप सातौ संकरणमा नेपाल उपविजेता बनको हो। यही कार्तिक १५ गते दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेश संग नेपाल पराजित भएको थियो।

प्रकाशित: १५ कार्तिक २०८१ १२:४३ बिहीबार

# SAFF Women's Championship # Nepali Kheladi # National Sports Council