खेल

साफमा छैटौं पटक पनि चुक्यो नेपाल

नेपाली महिला फुटबल टोलीर साफ महिला च्याम्पियनसिपको उपाधि सपनाबीच दूरी कति होला रु सायदै यो प्रश्नको जबाफ नेपाली फुटबलमा दिन कठिनै हुन्छ।  

अझ भनौं साफ मात्र होइन नेपाली महिला फुटबल टोलीले कुनै पनि उपाधि जित्ने सपना पनि टाढै देखिँदै आएको छ। नेपालले फाइनल खेलेका तथ्यांकले यस्तै देखाउँछ। नेपाली महिला टोलीर कुनै पनि प्रतियोगिताका फाइनलबीच सुखद अवस्था छैन। १÷२ पटक मात्र होइन, दर्जनौंपल्ट नेपाली टोली फाइनलमा नै असफल हुँदै आएको छ। बुधबार पनि नेपालका लागि उपाधि भिडन्त दुःखद नैरह्यो। साफ महिला च्याम्पियनसिपको सातौं संस्करणको उपाधि भिडन्तमा पनि नेपाल चुक्यो।  

नेपालले पाहुना टोली बंगलादेशसँग २–१ ले नतिजा सुम्पियो। त्यो पनि घरेलु मैदानमा नै। अघिल्लो खेलमा भारतलाई हराउँदै बलियो आत्मविश्वास बटुलेको नेपालले फाइनलमा भने त्यो प्रदर्शन दोहोर्‍याउन सकेन। 

घरेलु मैदानमा नै फाइनल गुमाएको नेपालको लगातार दोस्रोपल्ट हो। गत संस्करणमा पनि नेपालले फाइनलमा बंगलादेशसँग नै ३–१ को हार सामना गरेको थियो। सन् २०१० देखि सुरु भएको साफमा नेपालको यो छैटौं फाइनलमा हो। सन् २०१६ को संस्करणबाहेक नेपाल हरेकपल्ट फाइनल पुगेको छ। तर, यतिका पल्ट फाइनल खेले पनि नेपाली टोली सफल हुन  

सकेको छैन। यता, बंगलादेश भने दुईपल्ट फाइनलमा पुग्दा उपाधि जित्न सफल भएको छ। यी दुवै पटक बंगलादेशले नेपाललाई नै हराएको हो। एक समय नेपालका लागि भारत नै उपाधि बाधक थियो। तर, साफमा बंगलादेशको उदयसँगै नेपालका लागि दोस्रो बाधक टोली लगातार बंगलादेश बन्यो। महिला फुटबलमाराम्रो गर्दै बंगलादेशको यो पुस्ताले सन् २०१४ को उमेर समूहदेखि नै सुखद नतिजा दिलाउँदै आएको छ। लगातारको प्रयासपछि बंगलादेशको महिला टोली सन् २०२२ को साफमा पहिलोपल्ट फाइनलमा पुगेको थियो। त्यसयता, उसले फर्किएर हेर्नुपरेको छैन।  

यता, नेपालले भने साफमा मात्र नभई अन्य प्रतियोगिताका फाइनल पनि लगातार गुमाउँदै आएको छ। गत फागुनमा मात्र नेपाल पश्चिम एसिया फुटबल (वाफ) च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको थियो। ९ महिना पनि नबित्दै नेपालले अर्को फाइनल गुमाएको हो।  

यसले नेपाल फाइनलमा समालिन सक्दैनर यो स्टेजमा आएरराम्रो खेल्ने तयारी गर्दैन भन्ने प्रश्न उठेको छ। विभिन्न प्रतियोगितामा गरेर भने नेपालले १२ पल्ट उपाधि भिडन्त गुमाउनुपरेको हो। यो तथ्यांकले नेपालर उपाधिबीचको दूरी मेटिन सहज नहुने देखिएको छ। सम्भवतः अझै ५/७ वर्ष नेपाली महिला टोलीले उपाधिको पर्खाइ गर्नुपर्नेछ। नेपाली महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फाइनलअगाडि पत्रकार सम्मेलनमा नै यो जेनेरेसनले पनि उपाधि जित्न नसके अझै ५/७ वर्ष पर्खनुपर्ने उल्लेख गरेकी थिइन्। त्यो भनाइको पछाडि स्पष्ट कारण पनि छन्।

लामो समयदेखि खेलेका पाकार लगातार चोट बोकेका धेरै खेलाडी महिला फुटबलमा छन्। पटकपटक चोटका कारण सम्भवतः उनीहरू करियरको उत्तरार्धमा रहेका बुझ्न सकिन्छ। त्यसैले पनि कप्तान एन्जिलाले भनेजस्तै अवस्था नेपालले सामना गर्न सक्छ। नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले पनि कप्तान एन्जिलाले भनेजस्तै अवस्था आउन सक्ने स्वीकार गर्छन्। ‘उनी व्यावसायिक खेलाडी हुन्। उनले अवस्था बुझेर नै भनेको हुन सक्छिन्।राम्रोर दीर्घकालीन योजना बनाएर अगाडि बढेनर नियमित लिग हुन सकेन भने उनले भनेजस्तो अवस्था आउन सक्छ,’ महिला टोलीको प्रशिक्षणबाट राजीनामा दिँदै राजेन्द्रले भने।

प्रशिक्षक तामाङले नेपाली टोलीका लागिराम्रो ब्याक बनाउन नसके यस्तो हुन सक्ने चेतावनी दिए। ‘यसै पनि धेरै खेलाडी चोटग्रस्तर लामो समयदेखि खेलिरहेका छन्। यस्तो अवस्थामा नयाँ खेलाडी नआउँदा उपाधि जित्न ५/७ वर्ष लाग्न सक्छ,’ प्रशिक्षक तामाङको भनाइ छ। यसपल्ट पनि नेपाल उपाधि जित्न चुक्नुको पछाडि आफ्नो योजना असफलरहेको पनि उनले स्वीकार गरे। ‘दुवैबाट खेलराम्रो थियो। दोस्रो रोजाइका रूपमा प्रयोग गरिएका खेलाडीले राम्रोसँग जिम्मेवारी निर्वाह गर्न सकेनन्। मेरो योजना र रणनीतिले काम पनि गरे। साथै खेलाडी घाइते हुँदा बेन्चराम्रो थिएन। १० जना खेलाडी त सर्जरी गरेर नै कमब्याक गराएका थियौं। नियमित लिग नहुँदा पुराना खेलाडी नैराख्न बाध्य थियौं। मेरा लागि यो पनि समस्या नै रह्यो,’ उनले भने।  

बंगलादेशको जितमा मोनिका चक्माररितु पोर्ना चक्माले गोल गरे। नेपालकी अमिशा कार्कीले गोल फर्काइन्। बंगलादेशको यो टोलीले उमेरसमूहदेखि नै सँगै खेल्दै आएको छ। उनीहरूबीचराम्रो कम्बिनेसन स्पष्ट देखिन्थ्यो। साथै बंगलादेशी खेलाडीमा तीव्र गति पनि थियो। जहाँ नेपालले भने संघर्ष गर्नुपर्‍यो। लामो समयदेखिको तयारी र नियमित प्रतियोगिताका कारण जुन सम्भव हुन्छ। नेपालमा भने नियमित रूपमा लगर अन्य प्रतियोगिता हुन पाएका छैनन्। त्यसैले युवा खेलाडी छैनन्। यस साफमाराम्रो फुटबल खेल्दै आएको बंगलादेशले पाँचपल्टको च्याम्पियन भारतलाई पनि ३–१ ले हराएको थियो।  

तर, उक्त बलियो टोली बंगलादेशलाई पहिलो हाफमा नेपाललेरोकेको थियो। दोस्रो हाफमा भने सुरुआतमै समालिन सकेन। दोस्रो हाफमा भने तीन गोल भयो। बंगलादेशले अग्रता दिलाए पनि नेपालले गोल फर्काएको थियो। तर, अन्तिम समयमा बंगलादेशले गोल थप्दै नेपालको सपना पूरा हुन दिएन। त्यसअघि खेलको दोस्रो मिनेटमा नै बंगलादेशले उत्कृष्ट आक्रमण बुन्दै घरेलु टोलीलाई चुनौती दियो। तोहुरा खातुनले नेपालको गल्तीको फाइदा उठाउँदै सुरुमै अग्रता लिने अवसर गुमाइन्। नेपालकी डिफेन्डर गीता राना गोल किक प्रहार गर्ने क्रममा चिप्लिएपछि नजिकरहेकी तोहुराको खुट्टामा पुग्यो।

तर, तोहुराले गोलको दिशा दिन सकिनन्। नेपालको भने दशौं मिनेटमा अग्रता लिने सुन्दर प्रयास सफल भएन। अमिशा कार्कीले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार बारमा लागेर फर्कियो। २४औं मिनेटमा बंगलादेशकी डिफेन्डरले मध्यभागबाट गरेको लामो प्रहार नेपालकी गोलकिपर एन्जिलाका लागि चुनौती बनेन। बंगलादेशले लगातार दबाब बनाए पनि पहिलो हाफमा नेपालले बराबरीमै रोक्यो। नेपालको खराब डिफेन्सको फाइदा उठाउँदै बंगलादेशले ५३औं मिनेटमा गोल गर्‍यो। प्रीति राईको मिस पास नियन्त्रणमा लिएकी मोनिका चक्माले तीन डिफेन्डरलाई छक्याउँदै गोल गरिन्। तर, दुई मिनेटपछि नै नेपालले काउन्टर अट्याकमा गोल फर्कायो।

करिब मध्य भागबाट प्रीतिले दिएको थ्रु पासमा अमिसा कार्कीले सुन्दर गोल गरिन्। ६७औं मिनेटमा मारिया मान्दाले करिब ३५ यार्डबाट टप कर्नर च्याप्दै गरेको सशक्त प्रहार नेपालकी गोलकिपर एन्जिलाले उत्कृष्ट पन्च गर्दै घरेलु टोलीको ठूलो संकट टारिन्। ७६औं मिनेटमा रश्मिकुमारी घिसिङले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार बंगलादेशकी गोलकिपर रूपना चक्माका लागि खासै चुनौती बनेन। ८१औं मिनेटमा रितुको उत्कृष्ट गोलबाट बंगलादेशले फेरि अग्रता लियो। लेफ्ट साइडबाट रितुले दोस्रो बार च्याप्दै गरेको प्रहार एन्जिलाको हातमा छुँदै गोलमा परिणत भयो। इन्जुरी समयमा बंगलादेशको हेडर पनि एन्जिलाले बचाइन्। यसपछि नेपालले गोल फर्काउन सकेनर लगातार दोस्रो घरेलु मैदानमा उपाधि जित्ने अवसर गुमायो।  

प्रकाशित: १५ कार्तिक २०८१ ०८:३५ बिहीबार

#football #women