खेल

नेपाल र बंगलादेशबीचको फाइनल खेल मध्यान्तरसम्म बराबरी

महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीच उपाधिको लागि प्रतिस्पर्धा भइरहेको छ। 

दशरथ रंगशालमा साँझ ६: ३० बजे देखि सुरु भएको यी दुईबीचको खेलमा मध्यान्तरसम्म बराबरी रहेको छ।दुवै टोलीले अहिले  सम्म कुनै गोल गर्न सेकेका छैनन। 

 नेपाल र बंगलादेशबीचको महिला साफ च्याम्पियनसीपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि  रङ्गशालामा  पुगेका छन्।

त्यसैगरी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमेत दशरथ रङ्गशालामा उपस्थिति पुगेका छन्।

साँझ ६ :३० बजे देखि सुरु भएको फाइनल खेल हर्न  रङ्गशालामा दर्शकको बाक्लो उपस्थिति रहेको छ।

सन् २०१० मा बङ्गलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। यसअघि पटक पटक फाइनलसम्म पुगे पनि नेपाल उपविजेतामै  चित्त बुझाउन बाध्य बनेको थियो। नेपालले साफ महिला च्याम्पियनसिपमा चार पटक भारतसँग तथा एक पटक बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो।

यसपटक भने घरेलु मैदानमा अघिल्लो संस्करणमा बङ्गलादेशसँगको हारको बदला लिन चाहन्छ । नेपाल र बङ्गलादेश दुवै अपराजित रहँदै साफको फाइनल पुगेका हुन्। नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै प्रतियोगिताको फाइनल यात्रा तय गरेका हुन्।

नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको  थियो।

यस्तै बङ्गलादेशले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो।

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको उपाधिको खोजीमा छ।नेपाल भारतलाई तथा बङ्गलादेश भुटानलाई हराउँदै फाइनलमा पुगेका हुन।

अघिल्लो संस्करणमा पनि नेपाल र बङ्गलादेश भिडेका थिए भने नेपाल उपविजेतामा सिमित भएको थियाे।

प्रकाशित: १४ कार्तिक २०८१ १९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App