खेल

आइसिसी क्रिकेट विश्वकप लिग–२ः नेपाल आज स्कटल्यान्डसँग भिड्दै

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ।

अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरि स्टेडियममा हुने यी दुई टोलीबीचको खेल राति ९ः १५ बजेबाट सुरु हुनेछ।

एकदिवसीय फर्म्याटमा भइरहेको खेलमा नेपाल निकै कमजोर स्थितामा छ। यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो। त्यसकारण आजको खेलमा जित निकाल्दै नेपाल आफ्नो अङ्क सुधार गर्न चाहन्छ।

नेपालले आफ्नो तेस्रो खेल शनिवार अमेरिकासँग खेल्ने छ।

लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन्।

प्रकाशित: १३ कार्तिक २०८१ ०९:४३ मंगलबार

#ICC Cricket world league 2 #Nepal #scotland