खेल

मरणोपरान्त सम्मान

   


काठमाडौं – अन्नपूर्ण आरसिटीले क्लबको सेवामा पूरा जीवन समर्पित गरेका न्हुच्छेबहादुर मानन्धरलाई मरणोपरान्त सम्मान गरेको छ।

आरसिटीले शनिबार क्लबको १२औं साधरणसभामा क्लबको विकास र विस्तारमा योगदान पुर्याउने पुराना पदाधिकारी र खेलाडीलाई सम्मान गरेको  हो । मानन्धरको २०६९ मा मृत्यु भएको थियो।

यस्तै खेलाडी र पदाधिकारीका रूपमा रहेका लामो समयसम्म क्लबस“ग आबद्ध हरिबहादुर महर्जन, जुजुभाइ श्रेष्ठ, केशव अमात्य, चन्द्रप्रसाद श्रेष्ठ र दिलचन्द्रानन्द वैद्य सम्मानित भए।

नेपाली फुटबलमा सर्वाधिक पुराना क्लबमध्ये एक रहेको आरसिटी उपाधि जितमा पनि सर्वाधिक सफल टिम रहेको छ। आरसिटीले ६ पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको थियो । कुनै समय आरसिसीसँग आबद्ध चार टिमसम्म सहिद स्मारक ए’ डिभिजन लिग  मा रहेका थिए । आरसिटी अहिले ‘बी’ डिभिजनमा छ।

प्रकाशित: २५ चैत्र २०७४ ०४:०७ आइतबार

मरणोपरान्त सम्मान