खेल

नेपाल र भारतबिचको खेल बराबरीमा, खेलको निर्णय पेनाल्टी सुट आउटबाट

.

<br>

साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारतबीचको तनावपूर्ण खेल पेनाल्टी सुटआउटमा पुगेको छ। खेलको निर्धारित समय र थप समयको खेल बराबरीमा टुंगिएपछि नतिजा पेनाल्टीबाट टुंग्याउने निर्णय भएको हो।

खेलको दोस्रो हाफमा नेपाल र भारतले एक-एक गोल गरेका थिए। जसमा भारतीय खेलाडी संगीता बास्फोरले ६४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन्। जवाफमा सावित्रा भण्डारीले खेल पुनः बराबरीमा ल्याउन सफल भइन्।

यसअघि, रेफ्रीले विवादास्पद निर्णयमा प्रिती राईको जवाफी गोललाई अस्वीकार गरेपछि खेल करिब १ घण्टासम्म रोकिएको थियो।

अब खेल पेनाल्टी सुटआउटमा पुगेको छ। जहाँ दुवै टोलीले जितका लागि निर्णायक प्रयास गर्नेछन्।

प्रकाशित: ११ कार्तिक २०८१ २१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App