खेल

कैलाश राई स्मृति फुटबलको उपाधि सगरमाथालाई

‘दोस्रो स्वर्गीय कैलाश राई (युवराज) स्मृति फूटबल प्रतियोगिता ०८१’ को उपाधि सगरमाथा फुटबल क्लब राजाबासले चुमेको छ।

सदरमुकाम त्रियुगा नगरपालका ४ बगाहामा शनिबार सम्पन्न फाईनल स्पर्धामा दमौटी फुटबल क्लबलाई टाईब्रेकरमा ४–१ गोलले दमौटीलाई पराजित गर्दै त्रियुगा ८ को सगरमाथाले उपाधि जितेको हो।

जिल्ला फूटबल सङ्घ (एन्फा) उदयपुरको समन्वयमा बगाहा युवा समूह त्रियुगा ४ द्वारा   प्रतियोगिता आयोजना गरिएको थियो।

निर्धारित समयसम्म दुवैपक्षबाट गोल नभएपछि खेल टाईब्रेकरमा गएको थियो।

विजेता टिम सगरमाथालाई ट्रफिसहित ५१ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेता दमौटीलाई ३१ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरियो।

प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई तथा त्रियुगा ४ का वडाध्यक्ष बद्री बस्नेतले विजेता समूहहरुलाई ट्रफि, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। 

प्रकाशित: ११ कार्तिक २०८१ १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App