खेल

‘लिग टु सिरिज’ का लागि नेपाली टोलीको नाम सार्वजनिक

<br>

तस्बिर: क्यान

आइतबार देखि अमेरिकामा हुन लागेको आइसिसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो।

यसअघि अमेरिका विरुद्ध टी-२० सिरिज नखेलेका सन्दीप लामिछाने टिममा समावेश भएका छन् भने सागर ढकाल र देव खनाल रिजर्भमा छन्। आइसिसी विश्वकप लिग टु सिरिजमा नेपाल, अमेरिका र स्कटल्यान्डबिच प्रतिस्पर्धा हुनेछ।

लिग टु मा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ। नेपालले दोस्रो  खेल कार्तिक १३ गते मंगलबार स्कटल्यान्डसँग खेल्नेछ। त्यसैगरी तेस्रो खेल कार्तिक १७ गते शनिबार अमेरिकासँग र चौथो खेल कार्तिक १९ गते सोमबार स्कटल्यान्डसँग खेल्नेछ।

८ राष्ट्र समावेश लिग टु मा १२ खेलबाट  १६ अंक पाएको क्यानडा शीर्ष स्थानमा रहेको छ। त्यसैगरी ९ खेलबाट १२ अंक सहित अमेरिका दोस्रो तथा ८ खेलबाट १२ अंक पाएको नेदरल्याण्ड्स तेस्रो स्थानमा रहेका छन्।

नेपाल ८ खेलबाट ३ अंक पाएर सातौँ स्थानमा रहेको छ। ८ टोली सहभागी लिग २ आगामी २०२७ सम्म चल्नेछ। शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्। 

नेपाली टिम : रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी।

प्रकाशित: १० कार्तिक २०८१ १८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App