खेल

स्कटल्याण्डसँग अमेरिका १० विकेटले पराजित

आईसीसी क्रिकेट लिग २ अन्तर्गत गएराती भएको खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको छ।अमेरिकाको डालासमा सिरिज अन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको हो। 

अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य स्कटल्याण्डले २४ ओभर ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्न सफल भयो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ३८ ओभर ४ बलमा १ सय ४४ रन बनाएको थियो। 

प्रकाशित: १० कार्तिक २०८१ १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App