खेल

एएफसी अन्डर सेभेन्टिन एसिया कपको छनोट प्रतियोगिताबाट नेपाल बाहिरियो

नेपाल एएफसी अन्डर सेभेन्टिन एसिया कपको छनोट प्रतियोगिताबाट बाहिरिएको छ। 

गएराति कतारमा भएको खेलमा नेपाल घरेलु टोली कतारसँग ५–० ले पराजित भएको हो। हारसँगै नेपाल छनोटबाटै बाहिरिएको छ। 

पहिलो खेलमा जापानसँग फराकिलो अन्तरले पराजित भएको नेपाल लगातार दुई खेलमा पराजित भएपछि एक खेल अगावै प्रतियोगिताबाट बाहिरन पुग्यो। 

नेपालले आफ्नो अन्तिम खेल आइतबार राति मंगोलियासँग खेल्ने छ।  

प्रकाशित: १० कार्तिक २०८१ ०७:४९ शनिबार

#football #U17