खेल

वर्ल्ड कप लिग-२ को सातौँ श्रृङ्खला आजदेखि, नेपालले आइतबार अमेरिकासँग खेल्ने

फाइल तस्बिर

आईसिसी पुरुष क्रिकेट वर्ल्ड  कप लिग-२ अन्तगर्तको सातौँ श्रृङ्खला आजदेखि सुरु हुँदैछ।

श्रृङ्खला अन्तर्गत आज पहिलो खेलमा अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अुनसार राति ९ः१५ बजेबाट सुरु हुनेछ।

एकदिवसीय फर्म्याटमा हुने खेलमा नेपालसहित ३ टोली सहभागी हुनेछन्। प्रतियोगिता अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्ने छ।

नेपाल र अमेरिकाबीचको खेल पनि राति ९: १५ बजेबाट नै सुरु हुनेछ।

त्यस्तै नेपालले आगामी बिहीबार स्कटल्यान्डसँग खेल्ने छ भने नोभेम्बर २ मा अमेरिका र नेपालबीच खेल हुनेछ। जबकी नोभेम्बर ४ मा नेपालले फेरि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

तेस्रो पटक लिग-२ खेल्न लागेको नेपालको प्रदर्शन निकै कमजोर छ। लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ। ८ खेल खेलेको नेपालले हालसम्म १ एक खेलमा मात्रै जित हात पारेको छ भने ६ खेलमा पराजित भएको छ। जबकी एक खेल अनिर्णित बनेको थियो।

क्यानडा भने लिग-२ को अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ। क्यानडाले हालसम्म १२ खेल खेलेकोमा ८ मा जित निकाल्दै १६ अङ्क जोडेको छ। त्यस्तै अमेरिका ६ खेलमा जितसहित १२ अङ्काका साथ दोस्रो स्थानमा रहँदा नेदरल्यान्ड्स नेट रनरेटका आधारमा १२ अङ्कसहित तेस्रो स्थानमा रहेको छ।

नमिबिया १० अङ्काका साथ चौथो स्थानमा रहँदा स्कटल्यान्ड ९ अङ्काका साथ पाँचौँ स्थानमा रहेको छ। ओमान भने ६ अङ्काका साथ छैटौँ, संयुक्त अरब एमिरेट्स आठौँ स्थानमा रहेको छ।

लिग-२ सकिएपछि तीन राष्ट्रबीच त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय श्रृङ्खला हुनेछ। 

प्रकाशित: ९ कार्तिक २०८१ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App