खेल

चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिसमा कमल थापालाई दुई उपाधि

<br>

कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दुई उपाधि जितेका छन्।सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन्।

कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए।उनले ६५ वर्षमाथि सिंगल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गरे । महिला सिंगल्सको उपाधिका लागि अभिलाशा विष्ट र सुनीरा थापाले प्रतिस्पर्धा गर्नेछिन्।सेमिफाइनलमा अभिलाशाले प्राज्ना मानन्धरलाई ६–१ र ६–१ ले सहजै हराइन्।

अर्को सेमिफाइनलमा सुनीराले स्वस्तिका विष्टमाथि ६–० र ६–१ को जित निकालिन् । पुरुष सिंगल्समा राजवीर प्रधान र ऋतिक राणाले फाइनलमा स्थान बनाए।राजवीरले प्रणव मानन्धरलाई ६–१ र ६–३ ले हराएका हुन् । अर्को सेमिफाइनलमा ऋतिकले आयुष्मान्हजुर घलेमाथि समान ६–१ को जित निकाल्दै उपाधि यात्रा तय गरेका हुन्। पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान्हजुर घलेको जोडीले जित्यो।यो जोडीले फाइनलमा प्रणव खनाल र निहालजंगबहादुर थापाको जोडीलाई ६–४ र ६–३ ले हराएको हो।

पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन भयो।यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६–१, ३–६ र १०–८ ले हरायो । यु–१२ उमेरसमूहको गल्र्स सिंगल्समा अनुश्री धोजु र ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी च्याम्पियन भए।  

अनुश्रीले फाइनलमा सारा पन्तलाई ६–१, ६–२ र विश्वले आरित मल्ललाई २–६, ६–१, ६–१ ले हराउँदै उपाधि जितेका हुन् । यु–९ गल्र्स सिंगल्समा नैरा घले फाइनलमा रजिशा जोशलाई ४–१ र ४–० ले हराउँदै च्याम्पियन भइन् । यु–१४ गल्र्स सिंगल्समा शिभाली गुरुङ च्याम्पियन भइन् । उनले फाइनलमा इरा खत्रीलाई समान ६–० ले हराएकी हुन्। 

प्रकाशित: ९ कार्तिक २०८१ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App