खेल

मालिकादेवी कपमा अन्तिम चारको टुंगो

फाइनल प्रवेशका लागि स्पोर्टिङ र धार्पा तथा राई एफसी र सुनकोशी भिड्ने

जारी चौथो संस्करणको मालिकादेवी कपको सेमिफाइनल समीकरण पूरा भएको छ। बिहीबार क्वाटरफाइनलका चार खेल भएसँगै सेमिफाइनलमा पुग्ने अन्तिम चारको टोलीको टुंगो लागेको हो।

पूर्वेली टोली झापाको राई एफसी, सुनकोसी बी, चौतारा स्पोर्टिङ क्लब र धार्पा युवा क्लब बाह्रविसे सेमिफाइनलमा पुगेका हुन्। सेमिफाइनलका दुवै खेल शुक्रबार हुने छन्। फाइनल प्रवेशका लागि चौतारा स्पोर्टिङ र धार्पा तथा राई एफसी र सुनकोसी बी भिड्ने समीकरण बनेको छ।

स्थानीय दरबारडाँडा मैदानमा भएको पहिलो क्वाटरफाइनलमा राई एफसीले सुकुटे युवा जागरण मञ्चविरुद्ध १–० गोलको कठिन जित निकाल्यो।

दोस्रो खेलमा सुनकोसीले वारिर्यस एफसीलाई पेनाल्टी सुटआउटमा २–१ गोलले स्तब्ध बनायो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीबाट लिँदा सुनकोसीले बलियो टोली वारियर्सविरुद्ध बाजी मार्‍यो।

तेस्रो क्वाटरफाइनलमा पोखरे युवा समाजलाई ०–५ गोलको भारी बोकाउँदै चौतारा स्पोर्टिङ अन्तिम चारमा पुग्यो। अन्तिम खेलमा  साविक विजेता रोयल फेमेलीलाई २–० ले हराउँदै धार्पा सेमिफाइनलमा प्रवेश गरेको हो।

राई एफसीका रसिस रञ्जितकार, सुनकोसीका आदेश सिवाकोटी, चौताराका कृष सापकोटा र धार्पाका सागर तामाङ म्यान अफ द म्याच बने। उनीहरुले नगद १ हजार रुपैयाँ र ट्रफी पुरस्कार प्राप्त गरे।

मेलचौर युवा जागरण समाजले आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगिताको फाइनल शनिबार हुने छ।

प्रकाशित: ८ कार्तिक २०८१ २१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App