खेल

न्युजिल्याण्डका अलराउण्डर जिम्मी जनकपुर बोल्ट्सबाट खेल्ने

जनकपुर बोल्ट्सले न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमलाई अनुबन्ध गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जनकपुरले पहिलो विदेशी खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो।

जनकपुरले आज निसमलाई अनुबन्ध गरेको जानकारी आफ्नो सामाजिक सञ्जालमार्फत जनाएको छ।

३४ वर्षीय अलराउण्डर निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ७९ टी–२० आई खेलेका छन्।

निसमको आगमनपछि जनकपुर बोल्ट्सको टिम उत्साहित बनेको छ।

प्रकाशित: ८ कार्तिक २०८१ १०:३६ बिहीबार

#janakpur bolts #Nepal Premier League #Jimmy neesam