खेल

पौडीमा दुई नयाँ राष्ट्रिय कीर्तिमान

वल्र्ड एक्वेटिक्स च्याम्पियनसिपका लागि कुल चार नेपाली खेलाडी छनोट भएका छन्। नेपाल पौडी संघको आयोजनामा शनिबार समान दुई महिला र पुरुष गरी चार खेलाडी छनोट गरिएका हो। सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको छनोट दुई नयाँ राष्ट्रिय कीर्तिमान पनि बने। 

चार सय मिटर फ्रिस्टाइलमा अथर्भ सिंहले चार मिनेट १६.०८ सेकेन्डको नयाँ कीर्तिमान बनाएका हुन्। यस विधामा सन् २०१९ को सागमा नासिर हुसेनको नाममा राष्ट्रिय कीर्तिमान थियो। हुसेनले चार मिनेट ३३.०५ सेकेन्डको उत्कृष्ट समय निकालेका थिए। 

सय मिटर व्यक्तिगत मिड्लेमा पनि तेन्जिङ रायन नाम्डोल गुरुङले राष्ट्रिय कीर्तिमान बनाए। गुरुङले एक मिनेट ३ः१९ सेकेन्ड समयमा नयाँ रेकर्ड बनाए।

सन् २०१० मा सम्पन्न दशौं फिना वल्र्ड कपको दौरान शैलेस सम्शेर जंगबहादुर राणाको नाममा राष्ट्रिय कीर्तिमान थियो। राणाको नाममा एक मिनेट ९ः२० सेकेन्डको उत्कृष्ट समय थियो। पौडी संघले उक्त प्रतियोगिताबाट पुरुषतर्फ अजलकाजी ताम्राकार र अर्थभ सिंह तथा महिलामा दुवाना लामा र अनुसिया तन्डुकारलाई छनोट गरेको छ। 

अक्वा टाइमको आधारमा खेलाडी छनोट गरिएको छनोट समितिका सदस्य बिजेनमान श्रेष्ठले जानकारी दिए। वल्र्ड एक्वेटिक्स हंगेरिको बुडापेस्टमा डिसेम्बर १० देखि १५ तारिखसम्म हुनेछ।

प्रकाशित: ४ कार्तिक २०८१ ०९:४५ आइतबार

#Nepal Swimming Association