खेल

टी–२० आई शृङ्खला: नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकियो

टी–२० आई शृङ्खला अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल बराबरीमा रोकिएको छ।

डल्लासमा भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनायो।

१७१ रनको लक्ष्यसहित मैदान उत्रेको अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७० रन नै बनाउँदा खेल बराबरीमा रोकिएको हो।

नेपालका लागि कुशल भुर्तेलले नट आउट रहँदै सानदार पारी खेले। उनले जम्मा ५४ बलमा ९४ रन बनाए।

त्यस्तै नेपालका ओपनर ब्याट्सम्यान अनिल साहले ३१ ब्लमा २५ रन बनाए भने भने गुलशन झा १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन्।

अमेरिकाका लागि जसदिप सिंह र नोसथस केनिज्गले समान २÷२ विकेट लिए भने सौरभ नेत्रवालकरले १ विकेट हात पारे।

यता, आन्द्रेस गौसले सर्वाधिक ६२ रन जोडे भने साइतेजा मुक्कमलाले ४७ रन बनाए। त्यस्तै मिलिन्द कुमारले १५ र सायन जहागिरले १४ रन जोडे।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे। त्यस्तै सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान १/१ विकेट हात पारे।

प्रकाशित: ४ कार्तिक २०८१ ०९:२९ आइतबार

#america #Nepal #rohit paudel #kushal bhurtel #T_20 I serise