खेल

भुर्तेलको सानदार पारीसँगै नेपालद्वारा अमेरिकासमक्ष १७१ रनको लक्ष्य प्रस्तुत

टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकासमक्ष १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनाएको छ।

नेपालका लागि कुशल भुर्तेलले नट आउट रहँदै सानदार पारी खेले। उनले जम्मा ५४ बलमा ९४ रन बनाए।

त्यस्तै नेपालका ओपनर ब्याट्सम्यान अनिल साहले ३१ ब्लमा २५ रन बनाए भने भने गुलशन झा १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन्।

अमेरिकाका लागि जसदिप सिंह र नोसथस केनिज्गले समान २÷२ विकेट लिए भने सौरभ नेत्रवालकरले १ विकेट हात पारे।

आजको खेलमा नेपालले जित हात पार्यो भने सिरिजमाथि पनि कब्जा जमाउने छ। यसअघिको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराउँदै तीन खेलको टी–२० सिरिजमा १–० ले अघि छ।

प्रकाशित: ४ कार्तिक २०८१ ०७:३० आइतबार

#Nepal #kushal bhurtel