खेल

बेलबारी गोल्डकप: चित्लाङसँग आयोजक स्तब्ध

<br>

<br>

काठमाडौंको चित्लाङ फुटबल क्लब मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ।

बेलबारी– ७ लक्ष्मीमार्गमा शनिबार भएको खेलमा चित्लाङले आयोजक एलएक्स सिटी फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

घरेलु दर्शकको व्यापक साथ पाएको आयोजकले अन्तिम २ मिनेट आफूलाई समाल्न नसक्दा पाहुना टोलीलाई जित सुम्पिन पर्‍यो।

खेलको १४ औं मिनेटमा आयोजकका मिलन राईको पासमा सुशील राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। ४७ औं मिनेटमा चित्लाङका लागि विदेशी खेलाडी रोर्बटको पासमा सनम धिमालले गोल गर्दै खेल बराबरी पारे।

६२ औं मिनेटमा चित्लाङका कार्लाेसले वान भर्सेस वानमा गोल थप्दै गोल संख्या दोब्बर बनाए। ७४ औं मिनेट आयोजकका प्रदीप लामाले गोल गर्दै खेल बराबरीमा ल्याए।

७६ औं मिनेटमा चित्लाङका विदेशी खेलाडी हेनरीले गोल गर्दै टोलीलाई जित दिलाए। चित्लाङका कार्लाेस प्लेयर अफ द म्याच हुँदै नगद पाँच हजार र ट्रफी प्राप्त गरे।  

प्रतियोगिताअन्तर्गत आइतबारका झापा ११ फुटबल क्लब र भोजपुर जिल्ला फुटबल सङ्घबिच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ३ कार्तिक २०८१ २०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App