खेल

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि लेकवेसी नगरपालिकालाई

कर्णाली प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि लेकवेसी नगरपालिका सुर्खेतले जितेको छ।शुक्रवार भएको फाइनल खेलमा खाडाचक्र नगरपालिका मान्म कलिकोटलाई तीन सेटमा पराजित गरेको हो।

प्रतियोगितामा प्रथम हुने लेकवेसी नगरपालिका सुर्खेतले दुई लाख रुपैयाँ चेक तथा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। यस्तै, प्रतियोगितामा दोस्रो हुने खाडाचक्र नगरपालिका मान्म कलिकोटले १ लाख रुपैयाँ  चेक सहित साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।जुम्लामै पहिलो पटक दुई लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता गरिएको हो।

जुम्लाको हिमा गाउँपालिका २ ओदीगाउँमा लामा विष्णु युवा क्लबको आयोजनामा यहीँ गत असोज २९ गते अर्थात गएको मंगलबार देखि भलिबल प्रतियोगिता सुरु भएको हो। विजेता टिमलाई गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले चेक,ट्रफी र मेडल प्रदान गरेका थिए ।प्रतियोगितामा २६ वटा टिम सहभागी थिए।

प्रकाशित: २ कार्तिक २०८१ २२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App