खेल

न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङ्समा सम्हालियो भारत

<br>

 न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङस्मा भारत सम्हालिएको छ।

पहिलो इनिङ्समा ४६ रनमा अलआउट भएपछि चौतर्फी आलोचना खेपेको भारत दोस्रो इनिङ्समा भने सम्हालिएर खेलेको हो।

बैंगलुरुमा तेस्रो दिनको खेलको समाप्तिमा घरेलु टोली भारतले ३ विकेट गुमाएर २३१ रन बनाएको छ। 

विराट कोहली ७०, क्याप्टेन रोहित शर्मा ५२ र यशस्वी जैसवाल ३५ रनमा आउट भए। सरफराज खान ७० रनमा नटआउट छन्। अजाज पटेलले २ र ग्लेन फिलिप्सले एक विकेट लिएका छन्। 

यसअघि ३ विकेटको क्षतिमा १८० रनबाट शुक्रबारको खेल थालेको न्युजिल्यान्ड ४०२ रनमा अलआउट भएको थियो। 

रचिन रविन्द्रले १३४, डेभोन कोन्भेले ९१ र टिम साउथीले ६५ रन बनाएपछि न्युजिल्यान्ड उच्च योगफल बनाउन सफल भएको हो।कुलदीप यादव र रविन्द्र जडेजाले समान ३-३ तथा मोहमद सिराजले २ विकेट लिए।

प्रकाशित: २ कार्तिक २०८१ १८:०२ शुक्रबार