खेल

इंल्यान्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान विजयी

इंल्यान्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान १५२ रनले विजयी भएको छ। योसँग ३ खेलको शृंखला ११ को बराबरीमा आएको छ।  

मुल्तानमा २९७ रनको मध्यम लक्ष्य पछ्याएको भ्रमणकारी टोली इंल्यान्ड १४४ रनमा अलआउट भएपछि पाकिस्तान जित निकाल्न सफल भयो। २ विकेटको क्षतिमा ३६ रनबाट शुक्रबार तेस्रो दिनको खेल थालेको इंल्यान्ड थप १०८ रन जोड्दै अलआउट भयो। उसका लागि क्याप्टेन बेन स्टोक्सले सर्वाधिक ३७ रन बनाए।

इंल्यान्डलाई सस्तैमा नोमान अली एक्लैले ८ विकेट लिए । सजिद खानको नाममा २ विकेट रह्यो।

इंल्यान्डले पहिलो इनिङ्समा २९१ रन बनाएको थियो। पहिलो इनिङ्समा ३ सय ६६ रन बनाएको पाकिस्तान दोस्रोमा भने २२१ रनमा अलआउट भएको थियो।

तेस्रो तथा निर्णायक टेस्ट आगामी विहीबार रावलपिण्डीमा सुरु हुनेछ।

प्रकाशित: २ कार्तिक २०८१ १३:०९ शुक्रबार

#cricket